शान्ति नेपाल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् ।
सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ ।भारतीय विदेश मन्त्रालयले यो निर्णयमा प्रतिक्रिया जनाउँदै करको निर्णय न्यायिक नभएको जनाएको छ । आफ्नो राष्ट्रिय स्वार्थ अनुसार काम गरिरहेका भारत र अन्य देशमा कर थोपरिनु गलत भएको ठहर भारतीय दूतावासको छ । यसअघि राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा मारेका मान्छेको विषयमा भारतले चासो नदिएको आरोप लगाएका थिए ।
बुधबार नै ट्रम्पले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा गरेको काम अमेरिकी राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिको हिसाबले अत्यन्त संवेदनशील विषय भएको जनाएका छन्।भारतले रुससँग तेल खरिद गरेर रुसले युक्रेनमा गरेको आक्रमण रोक्न गरेको प्रयासलाई पनि मतलब नगरेको ट्रम्पको आरोप छ। तेल र ग्यास रुसले सबै भन्दा धेरै निर्यात गर्छ । यसरी रुसले निर्यात गरेको तेल र ग्यास चीन, भारत र टर्कीले सबै भन्दा खरिद गर्छन् ।
यो निर्णयले अमेरिकी बजारमा समेत असर गर्न सक्छ । टेक्सटाइल, गहना, अटो मोबाइल सम्बन्धी सामग्री, गहना, सी फुड र धेरै रोजगारीको क्षेत्रमा यो निर्णयले असर गर्न सक्ने जनाइएको छ ।भारतले भने यो निर्णयले स्थिर रहेको विश्व बजारमा नयाँ युद्धको सुरुवात गरेको प्रतिक्रिया दिएको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend