• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

भारतले रुसको तेल किनेर युक्रेनविरुद्धको युद्धलाई सहयोग गरिरहेको अमेरिकाको आरोप


  • शान्ति नेपाल
  • सोमबार, साउन १९ २०८२

काठमाडौं ।  अमेरिकाले रुसबाट तेल खरिद गरेर भारतले युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले भारतमाथि रुसबाट तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धलाई आर्थिक पोषण गरेको आरोप लगाएका छन् ।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ र ट्रम्पका सबैभन्दा प्रभावशाली सहयोगीहरूमध्ये एक स्टीफन मिलरले भने, “भारतले रुसबाट तेल खरिद गरेर यो युद्धको वित्त पोषण जारी राखेको छ । उनले यो स्वीकार्य नरहेको ट्रम्पले स्पष्ट पारेको बताएका छन् ।

भारतले अमेरिकी धम्कीहरूको बावजुद रुसी तेल खरिद जारी राख्ने भएको छ । भारतले आफ्ना तेल रिफाइनरहरूलाई रुसी तेल खरिद बन्द गर्न कुनै निर्देशन दिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend