शान्ति नेपाल
काठमाडौं । रूसनजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसी सांसदले कडा जवाफ दिएका छन् ।
रूसी सांसद भिक्टर भोडोलात्स्कीले आफ्नो देशसँग पहिलेदेखि धेरै न्युक्लियर पनडुब्बीहरू रहेका बताए । त्यसले अमेरिकाका दुई पनडुब्बी सम्हाल्न सक्ने उनको भनाइ छ ।
भिक्टरले भनेका छन्, “विश्वका महासागरहरूमा रूसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ । ट्रम्पले पठाइरहेका ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन् । त्यसैले अब यसमा छुट्टै प्रतिक्रिया दिनु आवश्यक छैन ।”
ट्रम्पले दिमित्री मेदभेदेभलाई असफल पूर्वरूसी राष्ट्रपति भनेका थिए ।
जवाफमा मेदवेदेवले भने, “ट्रम्प रूससँग अल्टिमेटमको खेल खेलिरहेका छन् । उनले रूस न त इजरायल हो न इरान हो भनेर सम्झनुपर्छ । प्रत्येक नयाँ अल्टिमेटम युद्धतर्फ लैजाने कदम हो ।”त्यसपछि नै ट्रम्पले रूसनजिकै परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका थिए ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend