शान्ति नेपाल
काठमाडौं । रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्दै यो निर्णय १ अगस्टदेखि लागु हुने बताए।उनले यसरी कर लगाइएका मित्र राष्ट्र मध्य भारतमा सबै भन्दा धेरै भएको बताएका छन्।
सबैले युक्रेनमा मान्छे मर्नेक्रम रोकिएको हेर्न चाहिरहेको समयमा रुससँग भारतले हतियार खरिद गरेकोमा अमेरिकाले भारतप्रति आपत्ति जनाएको हो।भारतले भने गत वर्ष भएको दुई देशको सन्तुलित व्यापार सम्झौतामा आफू अडिग रहेको जनाएको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend