शान्ति नेपाल
काठमाडौं । इरानले जारी गर्मीको प्रचण्ड लहरकाबीच आम नागरिकलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ ।
सरकारी अधिकारीहरूका अनुसार देश हालसम्मकै वर्षको सबैभन्दा गर्मी साता भोग्दैछ, जहाँ कतिपय क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पार गरेको छ। तेहरानमा आउँदो बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।
सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानी ले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘अत्यधिक गर्मी र पानी तथा बिजुली संरक्षणको आवश्यकतालाई ध्यानमा राख्दै बुधबार तेहरानमा सार्वजनिक बिदा घोषणा गरिएको छ।’
इरानका विशेष गरी दक्षिणी र शुष्क प्रान्तहरूमा पानी सङ्कटको गम्भीर समस्या भोगिरहेको छ। तेहरान महानगरपालिकाका अध्यक्ष मेहदी चामरान ले नागरिकहरूलाई पानी जथाभावी प्रयोग नगर्न अनुरोध गरेका छन्। तेहरान पानी व्यवस्था कम्पनीले सार्वजनिक वक्तव्य जारी गर्दै कम्तीमा २० प्रतिशत पानी बचत गर्न अपिल गरेको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend