शान्ति नेपाल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ।
खुट्टा सुनिन थालेपछि परीक्षण गराएका उनको रगतको नसामा समस्या देखिएको स्रोतले जनाएको छ । ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै लेभिटले यसको जानकारी दिएका हुन्।
अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।
यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो।
यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend