शान्ति नेपाल
काठमाडौं । गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिर आएको छ।
१६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।
त्यस समयमा राष्ट्रपतिको गोडामा चोट लागेको थियो। सार्वजनिक भएको भिडियोमा उत्तर पश्चिम तेहरानमा भीषण आक्रमण भएको थियो।मानिस प्रवेश गर्ने ६ वटा ढोका नै इजरायलको आक्रमणको कारण नास भएका थिए।
सो समयमा बत्तीको लाइन समेत काटिएको थियो। यसका बाबजुद राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपले बाहिर निस्कन सफल स्रोतले जनाएको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend