• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

सम्पर्कमा आए थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी


  • शान्ति नेपाल
  • बिहिबार, असार २६ २०८२

तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन्।

असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार मात्रै सम्पर्कमा आएको गाउँपालिकाले जनाएको छ ।

‘मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,’ प्रमुख जिल्ला अधिकारी बासुदेवदाहालले भने, ‘सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।’

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह(लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend