• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

रोल्पाको थबाङमा करोडौं भुक्तानी रोकेर ७ जना कर्मचारी सम्पर्कविहीन


  • शान्ति नेपाल
  • बिहिबार, असार २६ २०८२

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।

‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ पालिकाले भन्यो, ‘आजै रातिसम्म मात्रै भुक्तानीको समय छ । पालिकालाई समस्या परेको छ ।’सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।

असारमसान्त सम्म गर्नुपर्ने ५ देखि ६ करोड सम्म भुक्तानी अझै बाँकी रहेको र कर्मचारी सम्पर्कविहीन हुँदा समस्या उत्पन्न भएको पालिकाले जनाएको छ । यसअघि कर्मचारीले उक्त रकम भुक्तानीका लागि व्यवसायीसँग घुस मागेको स्रोत बताउँछ ।

व्यवसायीले घुस दिन अस्वीकार गरेपछि उनीहरु भुक्तानी नगरी सम्पर्कबिहीन भएको बताइएको छ ।उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ । उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend