• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

मध्य रुसमा युक्रेनको ड्रोन हमला, तीनको मृत्यु, ४५ घाइते


  • शान्ति नेपाल
  • बुधबार, असार १८ २०८२

युक्रेनले मध्य रुसको इजेभ्स्क शहरमा अवस्थित एक कारखानामा ड्रोन हमला गर्दा ३ जनाको मृत्यु भएको छ र ४५ जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । हमलालगत्तै उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई निशाना बनाएको बताइएको छ।

जमिनबाट हावामा प्रहार गर्ने मिसाइल र रडार स्टेशन उत्पादन गर्ने यो एक सैन्य कारखाना हो। यो कारखाना ओसा हवाई रक्षा प्रणालीको उत्पादनमा पनि विशेषज्ञ मानिन्छ। यसले धेरै प्रकारका ड्रोनहरू पनि विकास गरेको छ।

युक्रेनको सुरक्षा सेवा (एसबीयू) का दुई ड्रोनहरूले करिब १,३०० किलोमिटर टाढा रहेको कुपोल कारखानामा हमला गरेका हुन्।
यो नोभेम्बर २०२४ पछि कुपोल कारखानामाथिको दोस्रो युक्रेनी ड्रोन हमला हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend