• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द


  • शान्ति नेपाल
  • बुधबार, असार १८ २०८२

युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धकोबीचमा अमेरिकाले युक्रेनलाई केही हतियार दिन बन्द गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार अमेरिकाको हितलाई सर्वोपरि राख्न यो निर्णय गरिएको बताइन् । अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय लिइएको हो ।

फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता पठाएको छ । युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डार धेरै कम भएकोमा चिन्ता ट्रम्प प्रशासनका केही सदस्यहरूले व्यक्त गरेका छन् ।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । यद्यपि, अमेरिकी अधिकारीहरूले कुन हतियारको ढुवानी रोकिएको हो भनेर चाँहि बताएको छैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend