• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

इरानले भन्योः अमेरिकासँग वार्ताबारे निर्णय गर्न हामीलाई अझै केही समय चाहिन्छ


  • शान्ति नेपाल
  • बुधबार, असार १८ २०८२

इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय लाग्ने बताएका छन्‌ ।

हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरे पनि विदेशमन्त्री आराघचीले त्यो सम्भावना तुरुन्त सम्भव नहुने धारणा राखे । उनले भने, ‘हामी वार्तामा फर्कन चाहन्छौँ, तर त्यसअघि यो सुनिश्चित गर्न आवश्यक छ कि वार्ताको समयमा अमेरिकाले फेरि सैन्य हमला गर्ने बाटो नअपनाओस् ।’

उनले थप भने, ‘यी सबै पक्षलाई विचार गर्दा, हामीलाई अझै केही समय चाहिन्छ । तर, कूटनीतिक वार्ताका ढोका कहिल्यै पूर्ण रूपमा बन्द हुँदैनन् ।’ जुन २२ मा अमेरिकाले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित अमेरिकी ‘अल उदैद’ हवाई अड्डामा प्रहार गरेको थियो ।

यो आक्रमण सन् २०२५ जुन १३ मा इजरायलले इरानका केही सहरहरूमा एकतर्फी हवाई आक्रमण गरेपछि सुरु भएको संघर्षको बीचमा भएको थियो ।

उक्त घटनाहरूको केही दिनअगावै, इरान र अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताको छैठौं चरण ओमानको राजधानी मुस्कटमा जुन १५ मा हुने तय गरिएको थियो । तर, संघर्षका कारण वार्ता स्थगित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend