• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट सम्बन्धि मुद्धा दायर


  • शान्ति नेपाल
  • बिहिबार, असार १२ २०८२

बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट सम्बन्धि मुद्दा दायर गरेको छ ।
नवलपरासी जिल्ला (ब.सु.प.), रामग्राम नगरपालिका, वडा नं ०८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले रु.५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मू.अ.करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनबमोजिम कसुर गरेकोले निज प्रतिवादि सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो रु. ३,४७,६२,७५३।२३ (अक्षरेपि तीन करोड सड्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा) कायम गरी र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको रू.११,७१,५००÷ (अक्षरेपि एघार लाख एकहत्तर हजार पाँच सय) बिगो कायम गरी मुद्धा दर्ता गरिएको राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान कार्यालय, बुटवलकी प्रवक्ता एवं उपमहा निर्देशक कृष्ण कुमारी श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।
निजहरुलाई कानुन बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना र हदै सम्मको कैद सजाय हुन र प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले कानुन बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले कानुन बमोजिम नै जरिवाना हुन मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

p0jms3pncriv9y3q binod_press release

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend