• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

राजश्व अनुसन्धान कार्यालय बुटवल द्वारा रु. ६२,७१,६७६।- अक्षरूपीः बैसठ्ठी लाख एकहत्तर हजार छ सय छिहत्तर रुपैया विगो र जरिवाना सहित मु्द्दा दायर!!!


  • शान्ति नेपाल
  • शनिबार, फाल्गुन २४ २०८१

Screenshot

इलेक्ट्रिक सिगरेट (भेप) तस्करी गर्ने विरुद्द मुद्दा दायर

बुटवल-  राजश्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही मार्फत ELFBAR RAYA D3Disposable Pod Device (भेप) को अवैध कारोवार गरी राजश्व  चुहावट गरेको कसुर सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवादी काठमाण्डौंकोडाइमण्ड इन्टरनेशनलका प्रोप्राइटर सुमन पराजुली समेत जना विरुद्द उच्च अदालत तुलसीपुर, बुटवल इजलाशमा अभियोग पत्रदायर गरेको उक्त संस्थाको विल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगंज, बाकेंलाइ बेचेको देखाइ १०० वटाकोविल काटि २६०० भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगंज पठाउने त्यहाँबाट महंगोमा वेच्नको लागि भारत तर्फ तस्करीहुने गरेको अनुसन्धानबाट खुलेको छ। किन्ने बेच्ने फर्महरुका तर्फबाट फर्मवालालाइ मुख्य प्रतिवादि बनाइएको छ। उनीहरुलाइराजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052  को दफा ले निषेध गरेको कार्य गरी .. ऐनको दफा को खण्ड (), (), () बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरु सुमन पराजुली तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रु. ६२,७१,६७६।– (अक्षरूपीः बैसठ्ठी लाख एकहत्तर हजार सय छयहत्तर रुपैया मात्र) विगो कायम गरी .. ऐनको दफा २३ () बमोजिम मालबस्तु (विगो) जफत हुन तथा विगो बमोजिमको जनही रु. ६२,७१,६७६।– (अक्षरूपीः बैसठ्ठी लाख एकहत्तर हजार सय छयहत्तर रुपैया मात्र) जरिवाना हुन .ऐनको दफा २३()() बमोजिम हदै सम्मको कैद सजाय हुन मागदावी लिई उच्चअदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको हो।

साथै सोही मुद्दामा प्रतिवादीहरु डाइमण्ड इन्टरनेशनलका तर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने तशनिम जनरल स्टोरनेपालगंज, बाकेंका तर्फबाट कारोबारी सनाउल्ला अंसारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्मतथा विलहरुको समेत दुरुपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिँदा राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३को उपदफा () बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रु. ३१,३५,८३८।– (अक्षरूपीः एकत्तिस लाख पैँत्तिस हजारआठसय अड्त्तीस रुपैयाँ मात्र)मागदावी लिई उक्त अभियोगपत्र दायर भएको हो।

मुख्य प्रतिवादि बनाइएका पराजुली जोलाहलाइ पटक पटक पत्राचार गरी सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको हालसम्म पनि फरार रहेको छन भने कारोवारमा संलग्न मतियारहरु भने करिव ९० दिन देखि हिरासतमा राखि अनुसन्धान गरिएकोथियो। निजहरु विच पटक पटक दोहोरो तेहोरो सम्पर्क भएको तथा अधिकारिक कारोवारको अभिलेख नभेटिएको तथा बेच्नेलेकहिबाट खरिद गरेको स्रोत समेत प्रस्तुत गर्न सकेको अवस्था नरहको कार्यालयले जनाएको छ।

विगत देखि भेप कारोवार, तस्करी  ओसारपसार बाक्लिएको यसैको श्रृङखाको रुपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढि भेप विभिन्न ठाँउबाट वरामद गरी कारवाही भइरहेको छ। भेप तस्करीमा अनुचित तथा गैरकानुनी फाइदा धेरै रहेको कारणयसमा अकर्षण बढेको हुन सक्ने अनुसन्धानकर्ताको असंका छ। कानूनी प्रक्रिया पुरा गरी भन्सार गरेर ल्याउन पाउने भए पनि ४०% भन्सार, ४०% अन्तशुल्क १३% मुल्य अभिबृद्धि कर गरी ९३% कर लाग्ने खरिद मुल्यको झन्डै दोवर मुल्य पर्ने भएकोले पनिकरछलि गर्ने तर्फ तस्करहरु जोखिम उठाउन थालेको देखिन्छ। कर प्रशासनमा विभिन्न प्रकारका भेपलाइ कर संवेदनशिल वस्तुकारुपमा लिने गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend