• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

क्रान्तिकारी को सचिवालयमा अस्मिताको ऊमेद्दवारी किन ?


  • शान्ति नेपाल
  • बिहिबार, माघ १० २०८१

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को मुख्य भातृ संगठनको रुपमा रहेको अखिल(क्रन्तिकारी)को २३ औं सम्मेलन यहि माघ १२ गते हुँदैछ ।
यतिबेला यो सम्मेलनको चुनावी सरगर्मी बढेको मात्र छैन आफुलाई बिजयी बनाउन विद्यार्थी नेताहरु अहोरात्र खटिरहेका छन् ।
यहि सम्मेलनमा केन्द्रिय सचिवालय सदस्यमा उम्मेदवारी दिएकी एक पात्र हुन् अस्मिता खत्री ।
को हुन अस्मिता खत्री ?
२०६० साउन १९ गते बुबा रिखीराम खत्री र आमा अनिता खत्रीबाट काठमाडौँको गोकर्णेश्वर नगरपालिका जन्मिएकी एक जुझारु विद्यार्थी नेतृ हुन अस्मिता खत्री ।
नेपालको संविधानमा आम नागरिकलाई निःशुल्क शिक्षाको व्यवस्थागरिएको भएतापनि गरिबका छोराछोरी जनताका छोराछोरीले निःशुल्क शिक्षा नपाइरहेको अवस्थामा,काठमाडौँ जिल्लामै जन्मेर हुर्केको भएतापनि उनले स्कुल पढ्ने समयमा दिनको चार घण्टाको पैदल यात्रा पश्चात पढ्नु पथ्र्यो ।
यस्तो बिषम परिस्थिति पार गर्दै आएकी अस्मिता नेपालको राजधानी काठमाडौँ भए तापनि ओख्रेनीलाई काठमाडौँको कर्णाली भन्ने गर्छिन।
भ्रष्टाचार व्यथिति विरुद्ध लडाई गर्दै गर्ने क्रममा पनि उनले झुटा मुद्दामा १३ दिनसम्म हिरासतमा बसेकी थिइन् ।
लामो समय विद्यार्थी संगठनमा रहेर कार्यगरेकी अस्मििताको चुनावी नारा भने “जस्को नीति उसैको नेतृत्व” भन्ने रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend