शान्ति नेपाल
तस्करीको नाईके लक्ष्मी बि.क. पक्राऊ!
पाटेबाघको छाला ( अखेटो पहार) को तस्करी को नाईके शिवराज नगरपालिका–४ बनकट्टी निवासी लक्ष्मी बि.क पक्राऊ परेकी छिन।
मिति २०८१।०८।०९ गते दिनको अं.१७;०० बजेको समयमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. २ हल्लानगरमावन्यजन्तु बाघको छाला ( अखेटो पहार) को कारोबार हुदै छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट प्रहरीनिरिक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिई गई करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बाहीरबरण्डामा शंकास्पद अवस्थामा उभिई रहेका जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा न .५ गोलपार्क बस्ने बर्ष अं. ४१ कोबिष्णु प्रसाद भट्टराईलाई रित पुर्बक खान तलासी गर्दा निजको साथमा रहेको सेतो प्लाष्टिकको बोरा खोली हेर्दा जंगली जनावारपाटे बाघको छाला जस्तो देखीने छालालाई पटाइ उक्त बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो।
उक्त छालालाई रितपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि उक्त बन्य जन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरकोमोटरसाईकल सहित निज बिष्णु प्रसाद भट्टराईलाई मिति २०८१।०८।१० गते प्रहरी ले डिभिजन बन कार्यालय चन्द्रौटा कपिलवस्तुपठाएको थियो ।
अनुसंधानकाक्रममा सोही अपराधको मुख्य नाईके तथा योजनाकार शिवराज नगरपालिका –४ बनकट्टी निवासी लक्ष्मी बि.क.लाईगएको सोमबार प्रहरी ले पक्राऊ गरि थप अनुसंधानका लागी वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा राखिएको प्रहरी जनाएकोछ।
यी महिला यो भन्दा केही समय अगाडी चेलीबेटी बेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न भएको भन्दै सम्मानित अदालतकोआदेशमा केही बर्ष कारागारको जेल जिवन बिताएर आएकी हुन। यि महिला केही समय यता अन्य महिला हरूलाई प्रलोभनमा पार्दैजग्गा हडप्ने, मिटर ब्याज जालो चलाऊदै, महिला लाई मिटर ब्याजको ट्रयापमा पार्दै जग्गा फिर्ता गर्ने बाहानामा राजिनामा पासगर्नलगाऊने र सोही जग्गा आफु पछी २/४ जना लाई राजिनामा पास गरि बेच्ने र ऊठीबास लगाऊने लुट धन्दा चलाई रहेकिथिईन, बिस्तारैयिनको पापको मुकुन्डो ऊदांगो हुदैछ र यिनि संगै यस्ता लुटधन्दा चलाऊने हरू को नकाब खुल्दै जानेछ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend