• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

पोखरामा रविको पक्षमा ऊर्लियो जनसागर!!!


  • शान्ति नेपाल
  • बुधबार, कार्तिक ७ २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ ।

विरोध कार्यक्रमको ५ औँ दिन पोखरामा रविको न्यायका लागि भन्दै जनसागर उर्लिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीकाअनुसार आज पोखराको सृजना चोकमा विरोध प्रदर्शनको कार्यक्रम तय भएको थियो । सो अघि पोखराका विभिन्न स्थानबाट शान्तिपूर्ण र्यालि सृजना  चोकमा भेला भएको थियो ।

रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी) का अनुसार बुधबारको प्रदर्शनमा पोखरेलीहरुको बाक्लो सहभागिता छ । रविको न्यायका लागि भन्दै रास्वपा गण्डकी प्रदेश, कास्की जिल्ला र छिमेकी जिल्ला, पालिका देखि वडासम्मकै नेता कार्यकर्ता तथा सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा विरोध कार्यक्रममा सहभागी भएका छन् । साथै पार्टीका विभिन्न विभागका सदस्यहरू र शुभचिन्तकहरू पनि विरोध कार्यक्रममा सहभागी छन् ।

आइतबार देखि रवि विरुद्ध प्रतिशोध साँधिएको विरोधमा पोखराका सहकारी  पीडितहरू पनि सहभागी भएका छन् । उनीहरूले सहकारी ठगी रविले गरेको नभई राज्यले गरेको बताएका छन् । उनीले राज्यले रवि माथि प्रतिशोध साँधेर आफूहरूले न्याय नपाउने भन्दै विरोध कार्यक्रममा सहभागी भएको बताउँदै आएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend