• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

८ किलो सुन सहित हेटौडा बाट २ जना भारतीय नागरिक पक्राऊ!!!


  • शान्ति नेपाल
  • शनिबार, असोज १९ २०८१

हेटौडा,मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

शनिबार बिहान  प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको प्रहरी ले   जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो। बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको पनि प्रहरी ले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend