• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

पश्चिम नवलपरासीको दाऊन्ने सडक एकतर्फि सुचारू!!!


  • शान्ति नेपाल
  • शनिबार, असोज १९ २०८१

सडक अवरुद्ध मध्यविन्दु (नवलपरासी), १५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा रोकिएका सवारीसाधन । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ । तस्बिर ः विष्णुप्रसाद गौडेल÷ रासस

नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी खुला भएको छ।

सडक भासिने क्रम नरोकिएकाले मर्मत जारी राखी एकतर्फी खुला गरेको प्रहरी ले जनाएको छ।

सडक दुईतर्फ नै खुलाउन सडक विभागको प्राविधिक टोलीले काम गरिरहेको छ। मर्मतस्थलमा प्रमुख जिल्ला अधिकारीलगायत अधिकारी पनि पुगेका छन्।

शुक्रबार साँझ बर्दघाट नगरपालिका-४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो। मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन गरिए पनि फेरि सडक भासिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend