शान्ति नेपाल
काठमाडौं । सारा मल्टिमिडिया प्रा.लि.ले तेमाल गाउँपालिका संग सहकार्यगरि निर्माण गरेको “तेमाल एक परिचय ”वृतचित्र सार्वजानिक गरेको छ ।
बौद्ध जोरपाटी स्थित स्हेनोर हाउस मा एक पत्रकार सम्मेलन गरि सो वृतचित्र सार्वजानिक गरिएको हो ।
तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिङ दोङले संचालन गर्नुभएको कार्यक्रममा सारा मल्टिमिडियाले संचालन गरेको साराखबर डटकमका नेपाल प्रतिनिधि तथा सह सम्पादक डि.बि.पराजुलीको सभापतित्व र तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं प्रथम जननिर्वाचित जनप्रतिनिधि सलाम सिं तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव तथा संचारकर्मी जगत दोङ,नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल,तामाङ चलचित्र संघका बागमती प्रदेशका पुर्व अध्यक्ष तथा समाजसेवी आसमान वाईबा,युवानेता गोबिन्द तामाङ, युवा नेतामान तामाङ मोक्तान,लालकाजि लामा,बौद्धिक ब्यक्तित्व सरोज कुमार तामाङ,मनिल लामा,युवा ब्यवसायी सुशिल मोक्तान,गायक तथा संगीतकार विहिन दोङ तामाङ लगायताको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष तथा सेलोघरका संचालक छेडुप दोङ तामाङले स्वागत मनतव्य मार्फत स्वागत गर्दै यो वृतचित्र निर्माणको क्रममा भोगेका दुख र वृतचित्रले दिनखोजेको वास्तिविक सन्देश बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बलले पछिल्लो समय मिडियाले खेलेको भुमिकाबारे शंका व्यक्त गर्दै मिडियाहरुले समाजको वास्तविकतालाई जस्ताको त्यस्तै ल्याउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङका महासचिव तथा संचारकर्मी जगत दोङले तेमाल एक ठाउँमात्र नभएर तामाङ समुदायको सभ्यता भएकोले यसलाई विश्व सामु चिनाउन मिडियाले खेल्ने भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं प्रथम जननिर्वाचित जनप्रतिनिधि सलाम सिं तामाङले २०७४ साल जेठ ४ गते त्यस पालिकाको प्रमुखको रुपमा सपथ ग्रहण गर्दै गर्दा जनाएका प्रतिबद्धता पुरा गर्न आफुले सकेसम्म प्रयास गरेको बताउनु भयो । तेमाललाई तामाङ सभ्यताको रुपमा विश्व सामु चिनाउन तथा पर्यटनक्षेत्रको रुपमा बिकास गर्न आफ्नो कार्यकालमा बिभिन्न प्रयासहरु गरेको उहाँले बताउनु भयो ।यो वृतचित्रमा तेमालको वास्तविक चित्र देखिएकोले यसलाई सकेसम्म सबैको मनमनमा पुर्याउनु पर्नेमा उहाँले जोड दिनु भयो । समयमानै यसलाई प्रशारण गर्न सकेको भए अझ प्रभावकारी हुने भन्दै अमेरिकामा रहेर पनि तेमालको चिन्ता गर्दै बस्ने मिलन दोङ र यो वृतचित्र निर्माण टिम प्रति उहाँले हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न मिडिया प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
आयोजकको तर्फबाट हल ,साउण्ड सिस्टम तथा ब्यवस्थापनमा सहयोग गर्नुहुने स्हेनोर हाउस लाई हार्दिक आभार व्यक्त गरिएको थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend