• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

बुटवल को वैदावार फार्मेसीमा प्रहरीको छापा चार जना पक्राऊ!!!


  • शान्ति नेपाल
  • शुक्रबार, बैशाख २८ २०८१

मिति २०८१।०१।२७ गते जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगर स्थित जिल्ला अछाम तुर्माखात गाउपालिका वडा नं. ८ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने कमल बहादुर वि.क.ले संचालन गरेको वैदावार फार्मसिको नामको बोर्ड लगाएको (प्रमाण पत्रमा डिस्कामुनी मेडिकल हल बुटवल ८) लेखेको पसलबाट लापरवाही पुर्ण तरिकाले विभिन्न औषधीहरु विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त फर्मेशी र निज डेरा गरी बस्ने गरेको कोठामा रितपुर्वक खानतलासी गर्दा मान्यता प्राप्त चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री बितरण गर्न नहुने औषधिहरु बिक्रबितरण गरेको पाइएको हुदाँ उक्त कार्यमा संलग्न निम्न मानिसहरुलाई निम्न औषधीहरु सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट आवश्यक अनुसन्धान भईरहेको ।

निम्नः-

नियन्त्रणमा लिएका मानिहरु

1. जिल्ला अछाम तुर्माखात गाउपालिका वडा नं. ८ घर भई हाल जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं.११ बस्ने कमल बहादुर वि.क. (फर्मेशी संचालक)  
2. जिल्ला स्याङ्जा वालिङ् न.पा. वडा नं. १३ बस्ने बर्ष २१ को ओम प्रकाश गैरे
3. जिल्ला रुपन्देही देवदह न.पा. ७ बस्ने  बर्ष २९ को किरण दर्जी
4. जिल्ला रुपन्देही बु.उ.प.म.न.पा. वडा नं. २ बस्ने बर्ष ३० को मनिस बि.क.

वरामद सामानहरु:-

1. Dicyclomine Hydrocloride tablets  IP (Decolic) लेखेको ४० प्याकेट प्रत्येक प्याकेटमा २०० का दरले जम्म ८००० ट्यावलेट र प्याकेट बाहिर १४८३ गरी जम्मा ९४८३ ट्यावलेट ।
2. Pregstar४२ ट्यावलेट
3. Prega३७० ट्यावलेट
4. Triad –१०० ट्यावलेट
5. Vigored१०० ट्यावलेट
6. Misoprostal Tab  ५५ ट्यावलेट

     

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend