• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

रूपन्देही प्रहरी द्वारा अबैध नदिजन्य पदार्थ र माटो उत्खनन कार्यमा संलग्न सवारी साधन नियन्त्रणमा !!!


  • शान्ति नेपाल
  • सोमबार, बैशाख ३ २०८१

बुटवल- जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहत बाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध नदिजन्य पदार्थ तथा अबैध रुपमा माटो उत्खनन गरिरहेको अवस्थामानिम्न सवारी साधनहरुलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित  स्थानिय निकायमा बुझाइएको छ ।

१-प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ४ स्थितबाट ढुङगा लोड गरी जादै गरेको लु ४ त ३६३९ को ट्याक्टर र ऐ.ऐ. वडा नं. ९ स्थितमा माटो उत्खनन गरी ओसारपसार गरीरहेको अवस्थामा लु १ क २४५५ नम्बरको जे.सि.बी., लु ४ त ७००१ नम्बरको ट्याक्टरनियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी देवदह नगरपालिकाको कार्यालयमा बुझाइएको ।

२- अस्थायी प्रहरी चौकी देविनगर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही बुटवल उपमहानगरपालीका वडा नं ११ प्रगतिनगर स्थित तिनाउ नदबाट अवैध रुपमा नदीजन्य ढुङ्गा निकाली लु २ त ८२१५ नं को ट्याक्टर लोड गररहेको अवस्थामा फेला परी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बुटवल उपमहानगरपालीकाको कार्यालयमा बुझाइएको ।

                                           

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend