• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

पोर्चुगलमा नवलपुर समाजले महासचिवमा अनन्त तिवारीलाई चयन गरेको छ!!!!


  • शान्ति नेपाल
  • बुधबार, भाद्र २७ २०८०

नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा उर्जावान युवा व्यवसायी प्रेम बुढापृतीलाई चयन गरेक छ त्यस्तै महासचिव मा जुझारू यूवा अनन्त तिवारी निर्वाचित भएका छन,

सेप्टेम्बर ११ मा पोर्चुगलको लिस्वनमा भएको अधिवेशनले बुढापृतिको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति चयन गरेको हो।

सस्थाको वरिष्ठ उपाध्यक्षमा मिलन रेग्मी सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षहरुमा सुकदेब अधिकारी,प्रकाश रेग्मी,नरेश सुनार र महिला उपाध्यक्षमा मन्जु जि.सि चयन भएका छन्।

त्यस्तै सचिवमा नरेश न्यौपाने र सहसचिवमा दिपक सापकोटा सर्वसम्मत भएका छन्।अधिवेशनले सदस्यहरूमा सरोज काफ्ले,मीन गुरुङ ,बुद्धिमान परियार ,नरेन्द्र आले,सागर तिवारी ,होम थापा ,यम सुनार,कृष्ण विक,आनन्द पराजुली ,दिलिप परियार ,अमर थारु,निरु खाम्चा मगर,केशव भुसाल,हरी गुरुङ ,नविन न्यौपाने ,ओ म परियार ,मुकेश हिताङ,प्रेम सापकोटा ,पवन रिजाल चयन गरेको छ।त्यसैगरी बिस्नु सापकोटा ,दिपक गोदार र अर्जुन पोख्रेल गरि २२ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

कार्यक्रम लिस्वन स्थित नेपाली अवैतानिक वाणिज्य दुत मकर बहादुर हमालको प्रमुख आतिथ्य र राम पुनको सभापतित्वमा सम्पन्न भएको थियो।

निर्वाचित महासचिव तिवारीले आफु समस्यामा परेका नेपालि को पक्षमा काम गर्न उत्साहित भएको बताएका छन!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend