शान्ति नेपाल
सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरुबीच मन्त्रालयहरुको भागबण्डामा सहमति जुटेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रीहरुको भागबण्डामा सहमति जुटेको हो।सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मुख्यमन्त्रीका अतिरिक्त २ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ।
यस्तै, माओवादी केन्द्रले २ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको हो।माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले मन्त्रालयहरुको भागबण्डाको सहमति जुटेकाले शुक्रबार नै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए।
माओवादी केन्द्रले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट बहादुर साउदलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend