शान्ति नेपाल
दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनाढ्य व्यापारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की रहेका छन् ।
उक्त आक्रमणका कारण उनकी श्रीमती रायसाको पनि मृत्यु भएको छ ।दुबैको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको एक स्रोतले जनाएको छ ।भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलोनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend