• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी


  • शान्ति नेपाल
  • बुधबार, चैत्र १ २०७९

काठमाण्डौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६र७ गतेतिर विश्वासको मत लिने कुरा भएको छ ।

उनले आफ्नो पार्टीबाट कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने विषय अहिले नटुङ्गिएको बताए। उनले भने, ‘सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्योभन्दा अगाडि नेतृत्वकोबीचमा आवश्यक गृहकार्य गर्ने कुरा भइरहन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend