• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्य छुट्टै भेला गर्दै


  • शान्ति नेपाल
  • आइतबार, असार २६ २०७९

शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भेला गर्ने भएका छन् ।आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन्।

आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए। सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ।उक्त बैठकमा कसरी प्रस्तुत हुने र के-के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउने बताइएको छ।

सभापति शेरबहादुर देउवाले छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गर्न सकेका छैनन्।भ्रातृ संस्थामा नेतृत्व दिँदा पनि आफूहरूसँग परामर्श नगरेको आरोप कोइराला पक्षको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend