• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

स्वास्थ्यमन्त्री पदम गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता


  • शान्ति नेपाल
  • बिहिबार, फाल्गुन ११ २०७९

विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।

विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend