• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

अनेरास्ववीयुको २३औं महाधिवेशन आजदेखि सुरु


  • शान्ति नेपाल
  • मंगलबार, फाल्गुन २ २०७९

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएको छ ।

काठमाडौंको कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ अनेरास्ववियुले २३ औं महाधिवेशन गर्न लागेको हो ।

७ वर्षपछि हुन लागेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अनेरास्ववीयुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिवमा समिक बडालले दावी गरिरहेका छन् ।सोही महाधिवेशन बुधबारसम्म चल्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend