शान्ति नेपाल
कैलाली निर्वाचन क्षेत्र नं ५ को ‘ख’ बाट नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ९ हजार ५ सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्।
विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन्।प्रदेशसभामा खसेको २८ हजार ४ सय ८३ मतमा १ हजार २ सय ६९ मत बदर भएको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend