शान्ति नेपाल
पत्रकार प्रताप विष्टले लेखेको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ । अल्पसंख्यक समुदाय चेपाङ तथा वनकरीया र राणाकालीन समयमा गाडी बोकेर काठमाडौं लानेहरूलाई समेटिएर लेखिएको उक्त पुस्तक सार्वजनिकको औपचारिक कार्यक्रम भने यहिँ असार ३२ मा हुने भएको छ ।
हेटौँडामा रहेर ३५ वर्ष बढी पत्रकारितामा क्रियाशील विष्टले ती अल्पसंख्यको जातीबारे खोज तथा अनुसन्धानत्मक रिर्पोटिङ गरेको अनुभवलाई पुस्तकमा उतारेका छन् ।उनले चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयलाई पुस्तकमा तीन खण्डमा बाँडिएको बताए । विष्टले अहिलेसम्म ती विषयमा लेखेका समाचारलाई पुस्तकको रूपमा दस्तावेज गरेका हुन् ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend