• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला


  • शान्ति नेपाल
  • बुधबार, असोज २६ २०७९

युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४ र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।

’लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend