• शनिबार, मंसिर ६ २०८३ | Saturday 21st November 2026

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने


  • शान्ति नेपाल
  • शनिबार, कार्तिक २९ २०८३

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, सार्वजनिक बिदाका कारण भुक्तानी प्रणालीमा असर नपरोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

आरटिजीएस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबीच ठूलो रकमको भुक्तानी तत्काल र सुरक्षित रूपमा गर्न सकिन्छ । यस प्रणालीको सञ्चालनले सार्वजनिक बिदाका दिन पनि वित्तीय कारोबारलाई निरन्तरता दिन सहयोग पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend