• शनिबार, मंसिर ६ २०८३ | Saturday 21st November 2026

पत्रकार कविन्द्र शेर्माको निधन


  • शान्ति नेपाल
  • शनिबार, मंसिर ६ २०८३

५ मंसिर, पाँचथर । क्यान्सर रोगसँग जुधिरहेका पत्रकार कविन्द्र शेर्मा (लिम्बु) को निधन भएको छ । काठमाण्डौँको क्यान्सर अस्पतालमा ४३ वर्षको उमेरमा उनको निधन भएको हो ।

पछिल्ला केहि बर्ष यता उनी क्यान्सर रोग लगेपछि उपचार गराइरहेका थिए । पाँचथरको कुम्मायक गाउँपालिकाको माङजाबुङका स्थायी बासिन्दा उनी पाँचथर सदरमुकाम फिदिममा रहेर पत्रकारितामा सक्रिय रहेका थिए ।

रेडियो, पत्रकपत्रिकामा उनी लामो समय काम गरेका थिए । रेडियो नेपालको संवाददाताको रुपमा उनले लामो समयसम्म काम गरेका थिए । पाँचथरमा सुम्हालुङ एफएम, इगल एफ र पाँचथर एफएम स्थापना र सञ्चालनमा उनको महत्पूर्ण भुमिका रहेको थियो ।

उनका दुई छोरा रहेका छन् । पार्थिव शरिरलाई पाँचथर ल्याइ दाहासंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend