शान्ति नेपाल
बर्दिया । पत्रकारिता तालिमअन्तर्गत आज जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी कक्षा सञ्चालन गरेका छन्।
बेल्बासेले ट्राफिक नियमको पालना, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा नागरिकलाई सचेत बनाउने विषयमा पत्रकारहरूलाई जानकारी गराएका थिए। उनले ट्राफिक नियम प्रहरीका लागि मात्र नभई प्रत्येक नागरिकको जीवन सुरक्षासँग जोडिएको विषय भएकाले यसको सही सूचना जनस्तरसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।
तालिममा सहभागी पत्रकारहरूले ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी विषयलाई समाचार तथा जनचेतनामूलक सामग्रीमार्फत नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
एउटा सही सूचना, एउटा सचेत नागरिक र एउटा पालना गरिएको ट्राफिक नियमले पनि कसैको जीवन जोगाउन सक्छ। त्यसैले पत्रकारिता र सडक सुरक्षा जोडिएको यो कक्षा केवल तालिम नभई जीवन बचाउने चेतनाको अभियान बनेको छ।
गुलरिया नगरपालिकाको आयोजनामा बर्दियामा पत्रकारिता तालिम सञ्चालन गरिएको हो। तालिममा स्थानीयस्तरमा सूचना संकलन, समाचार लेखन तथा सञ्चारसम्बन्धी आधारभूत विषयमा प्रशिक्षण दिइएको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend