शान्ति नेपाल
११ फागुन, काठमाडौं॥
धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ!
२४ जना घाइते भएका छन्।
करिब करिब साढे १ बजे राति धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसेको थियो!
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो !
साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो!
मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी जानकारी दिएको छ!
२४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको तथा मृतकको सनाखत हुन भने बाँकी छ!
दुर्घटनाको कारण खुलेको छैन!
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend