• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

चीनको सैन्य अभ्यासले द्वन्द्व निम्त्याउन सक्छः अमेरिका


  • शान्ति नेपाल
  • शुक्रबार, साउन २० २०७९

अमेरिकाले चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेको बताएको छ ।

रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले जापान नजिक चिनियाँ सैन्य अभ्यासलाई ‘धेरै नजिकबाट’ नियालिरहेको बताएका हुन् ।बिहीबार एक अन्तरवार्तामा उनले यो आफूहरूका लागि मात्र नभएर ताइवानका जनता र आफ्ना सहयोगीहरूविशेषगरी जापानका लागि सम्बन्धित रहेको बताए ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि हालैका दिनहरूमा चीनले ताइवान नजिकै आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दैछ ।पेलोसीको यात्रालाई लिएर चीनले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको किर्बीको भनाइ छ ।उनले यस अभ्यासले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend