शान्ति नेपाल
अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ।
आइतबार भएको उक्त हमलामा अन्य तीन जना घाइते भएका छन्।आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको एक स्रोतले जनाएको छ ।
यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ।
जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend